पाल्पा ।
जिल्लाको सदरमुकाम तानसेनमा कृषि हाटबजार सञ्चालन हुने भएको छ । एक करोड रुपैयाँ बढी लगानीमा मिलनसार कृषि उपज थोक बजार निर्माण हुन लागेको हो। यसको नेतृत्व महिलाले गर्ने छन्। जिल्लाभरका किसानले उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज यहाँ खरिद गरी संकलन गरिने छ । थोकमा बिक्री हुनेछ।
हाटबजारको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले शिलान्यास गरेका छन्। कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ६० लाख, तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ३० लाख र मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था तानसेन–१३, बौघागुम्हाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा कृषि उपज थोक बजार निर्माण हुने भएको हो ।
५ चैत्र २०७७ बिहिबार ००:००
12
Shares
प्रतिक्रिया