८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रोजगार बिहिन अपाङगतालाई आयआर्जनमा संलग्न गराउनुपर्नेमा जोड



मायादेवी अनलाइन, जितपुर ।
रोजगार बिहिन अपाङगता भएकाहरुहरुलई आय आर्जनमा जोडने बारे सरोकारवालासंग छलफल गरिएको छ । उर्जाशिल फाउण्ड परियोजनाले बुद्धभूमी २ गोरुसिंगेमा आयोजना गरेको प्रदेश स्तरीय सिकाइ अनुभव आदानप्रदान कार्यक्रममा अपाङगता भएका ब्यक्तीहरुलाई दयामाया भन्दापनि अवसर दिनुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा परियोजनाका प्रमुख राम दयाल शर्माले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै यो परियोजना नेपालका ५ जिल्लामा सञ्चालित रहेको र रोजगारविहीन नेपाली अपांगता भएका व्यक्तिहरुका लागि आर्थिक रुपले सबल बनाउने कार्यक्रमको उद्धेश्य रहेको वताएका थिए ।
कार्यक्रममा परियोजनाबाट फरक क्षमता भएका व्यक्तिहरुका उपलब्धीहरुका बारेमा अनुभव आदान प्रदान भएको थियो । साथै (फाउण्ड) परियोजनाद्धारा कपिलवस्तु र रुपन्देहीमा गरी १४ देखि २० जनालाइ रोजगार प्रदान गरिएको जानकारी गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुद्धभूमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले अपाङगता भएका ब्यक्तीहरुको भावनालाई सम्मान गर्दै अवसर दिनुपर्ने बताउनुभयो । देशभरका ५ जिल्लामा फाउण्डले अपाङगता भएका ब्यक्तीका लागि काम गर्दै आएको र यस कार्यक्रमलाई कपिलवस्तुमा पनि संचालन गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।
मेयर श्रेष्ठले यस परियोजना बाट कपिलवस्तुका अपाङगता भएका ब्यक्तीहरु लाभान्वित हुने भन्दै नगरपालिकालेपनि विशेष सहयोग तथा सहकार्य गर्ने बताउनुभयो । मेयर श्रेष्ठले बुद्धभूमी नगरपालिकाले अपाङगता भएका ब्यक्तीहरुलाई आयआर्जनमा जोड विभिन्न तालिम तथा कार्यक्रमहरु संचालन गरेको भन्दै उनिहरुले उत्पादन गरेका विभिन्न बस्तुहरुको बजारीकरणमा पनि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविलाल रेश्मी मगर, बुद्धभूमी उद्योग वाणिज्य संघका शुभलाल भुसाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, कपिलवस्तु सामुदायिक अस्पतालका प्रमुख प्रसासकिय अधिकृत चन्द्रकान्त पोख्रेल, अपाङग उत्थानका कमल ढुङगानाले बोल्दै अझैपनि समाजमा अपाङगता भएका ब्यक्तीहरुलाई हेर्ने दृष्टीकोण फरक रहेको बताउनुभयो । राज्यले अपाङगता भएका ब्यक्तीलाई विशेष कोटा दिएपनि त्यसमा पनि घूसपेटहुने गरेको बताउनुभयो ।
यस्तै उनिहरुलाई प्राविधिक सिप सिकाउनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा रेडियो मायादेवीका नन्द किशोर यादव, प्रदिप यादव लगाएतले बोल्दै यस परियोजनाले आफुहरुलाई सिप आर्जन गर्न मद्धत गरेको भन्दै परियोजनालाई धनयवाद दिनुभयो । कार्यक्रम ढाकाराम अधिकारीको स्वागत मन्तब्य, फाउण्ड परियोजना कलष्टर म्यानेजर राम दयाल यादवको अध्यक्षता, मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्य र गिता अर्यालको संचालनमा सम्पन्न भएको हो ।

No description available.

प्रकाशित मिति : ४ चैत्र २०७७ बुधबार ००:००  ७ : ०७ बजे