८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बनगाई-डोहोटे सडक कालो पत्रे सुरु



बाबुराम रायमाझी, जितपुर ।
पूर्व पश्चिम राजमार्ग जोडने बनगाई डोहोटे सडकको कालो पत्रे गर्ने काम बाणगंगा ९ को पडरिया देखि सुभारम्भ भएको छ । एक वर्षमा सक्ने गरि जिम्मेवारी पाएको भिमेश्वर कन्ट्रक्सनले बाटो विस्तारको काम कोभिड १९ का कारण सुस्त गतिमा अगाडी बढेको थियो। लामो समय देखि नाम चेलेको बनगाई डोहोटे सडक पक्की बन्न थालेपछि कपिलवस्तुको भलवाड वासी र अर्घाखाँचीको शितगंगा बासी खुसी देखिएका छन्।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मेको सास्ती खेपेका सडक खण्डका छेउछाउमा बसेका स्थानीय वासी सडक पक्की बन्न थालेपछि अझबढी खुसी देखिएका छन् । १३ किमी लम्बाई रहेको बनगाई डोहोटे सडक खण्ड प्रदेश र केन्द्र सरकारको संयुक्त वजेटबाट कालोपत्रे हुन लागेको हो । सडकको दाँया बाँया ११ मिटर चौडा रहने र ७ मिटर कालो पत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ । कपिलवस्तु र अर्घाखाँची जोडने बनगाई डोहोटे सडक खण्ड पक्की बने संगै गोरुसिंगे, पत्थरकोट, पिरापानी डोहोटे हुँदै सन्धिखर्क पुग्नु पर्ने बाध्याता हटने विस्वास लिएको वडा सदस्य नुमलाल थारुले बताएका छन् । यस बाटोको यात्रा गर्दा निकै घुमाउरो पर्ने गर्दछ ।

साथै भारतिय बजारदेखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारीक कारोवार गर्नका लागि पनि यो सडक सस्तो र सुलभ हुने अपेक्षा लिएको छ । यो सडक बनेपछि भारतको खुनुवा नाका हुँदै तिलौराकोट, जगदिशपुर ताल, लक्ष्मणघाट, कपिलधाम हुँदै अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शन र रमणिय मनमोहक ठाँउ नरपानी आउने जाने पर्यटकलाई राम्रो पर्यटकिय गन्तब्य बन्ने बाणगंगा ९ का वडा अध्यक्ष श्री धुब्र बेल्वासेले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७ मंगलबार ००:००  ७ : ४१ बजे