८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विरोधकाबीच अर्थमन्त्री पौडेलद्वारा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास



बुटवल

स्थानियको विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रमलाई अवरोध गर्न मोतिपुर क्षेत्रका स्थानियले कार्यक्रम स्थलमा विहानैदेखि प्रदर्शन गरेका थिए।

बाक्लो सुरक्षाकर्मीको माझ पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडी माथि स्थानिले ढुंगा प्रहार गरेका थिए। स्थानियको नाराबाजी र आक्रोसका विच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे।

शिलान्यास पछिको समारोहमा नाराबाजीका बीच मन्त्री भट्टले सम्बोधन गरेपनि अर्थमन्त्री पौडेलले पुरा बोल्न समेत पाएनन्। आक्रोशित स्थानिले विजुलीको लाइन काटिदिएपछि पौडेल सम्बोधन बीचमै रोकेर निस्कनुपरेको थियो। कार्यक्रम सकेर निस्कदाँ पनि पौडेल चढेको गाडीमा स्थानियले ढुंगा प्रहार गरेका थिए। कार्यक्रम सकिए लगत्तै स्थानिले शिलान्यस स्तम्भ तोडफोड गरेका थिए।


आँफूहरुले जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको भन्दै मोतिपुर क्षेत्रका स्थानिले सुरुदेखी नै विरोध जनाउँदै आएका थिए। शिलान्यास कार्यक्रम तय भएपछि जसरी पनि अवरोध गर्ने चेतावनी दिएका थिए। विहिबार राती कार्यक्रम स्थलको मञ्च समेत उनीहरुले भत्काइदिएका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  ५ : ४० बजे