चितवन ।
नारायणगढ–मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ ।
यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया