८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सहमति पालना गर्न प्रतिबद्ध छौः नेत्रविक्रम चन्द विप्लव



काठमाण्डौ ।
नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गर्नुभएको छ । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो ।

शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरूको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  ३ : ५७ बजे