८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

साहित्यकार डा. हर्ष बहादुर बुढा मगरको शालिक अनावरण



बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको बाणगंगा ९ मा अवस्थित कपिल आरोग्य मन्दिर कपिलधाम साहित्य चौतारी स्थलमा साहित्यकार डा. हर्ष बहादुर बुढा मगरको शालिक अनावरण गरिएको छ ।

मगरको १० औ स्मृति दिवसको अवसरमा संस्थापक संरक्षक तथा पूर्व मन्त्री दिपक बोहराले एक भब्य समारोहका बीच अर्धकद शालिकको बुधबार अनावरण गर्नुभएको हो ।

सो अवसरमा पूर्व मन्त्री बोहराले साहित्यकार बुढा मगरको ब्याक्तित्व, कृतित्वको बारेमा चर्चा गर्दै उनी उपान्यासकार, कथाकार एबम बहु प्रतीभाका धनी भएको बताउनुभएको थियो ।

साहित्यकार बुढा मगरको जीवन बारेमा वरिष्ठ समालोचक बालकृष्ण भट्टराईले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा वाणगंग ८ बस्ने बर्ष १२ कि जेसिका कंडेलले देशको समसामयिक विषयवस्तु ‘राष्ट्रको चिन्तन’ शिर्षक कबिता बाचन गरी सहभागीको मन जित्न सफल भएकी थिइन् ।

कार्यक्रममा पूर्ब गृहमन्त्री निरन्जन थापा, कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, साहित्यकार कृष्ण प्रसाद भट्टराई, कृष्ण मुरारी ज्ञवाली, लुम्बिनी वाङ्मयका अध्यक्ष हिमलाल ज्ञवाली, समाजसेवी ध्रुर्ब रायमाझी लगायतले साहित्यकार बुढा मगर राष्ट्रको गहना भएको हुँदा यस्ता प्रतिभाको राज्यले संरक्षण र सम्बर्धन गर्नुपर्ने कुरा बताएका थिए ।

कार्यक्रममा दर्जनौं साहित्यकारबाट कविता, गजलबाट कार्यक्रम रोचक तथा गुन्जयमान भएको थियोे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७ बिहिबार ००:००  ९ : १४ बजे