मायादेवी अनलाइन, चारनम्बर ।
रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हिमालय सामुदायिक विकास केन्द्र रुद्रपुर ‘प्रथम सूर्योदय फुटवल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिद्धार्थ रंगशालामा मंगलबार भएको पहिलो क्वाटर फाइनल खेलमा नवलपरासीको ‘सनराइज जनशक्ति युवा क्लव’ माथि १ –० को संघर्षपूर्ण जितसहित हिमालय सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रुद्रपुरका जीवन पुनले गरेको गोल नै निर्णयक बन्यो ।
बुधबारको खेलमा नवलपरासीले पटकपटक गोल गर्ने प्रयास गरे पनि जाली चुमाउन नसक्दा पराजित भई घर जान बाध्य भयो ।
यता हिमालयलले पनि गोलका थुप्रै अवसर बनाए पनि धेरै गोल गर्न सकेन । १ गोल गरेका पुन म्यान अफ दि म्याच घोषित भएका थिए । युनाईटेड हस्पिटलका अध्यक्ष वीक्रम थापाले पुनलाई म्यान अफ दि म्याचको पुरस्कार दिनुभएको थियो ।
रुद्रपुरले पहिलो खेलमा घरेलु टोली युनाइटेड कपिलवस्तुलाई पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने नवलपरासी बाई पाएर सिधै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत विहीबार दोश्रो सेमिफाइनल खेल हुने छ ।
यसअघि सोमबार मुर्गियालाई पराजित गरी राइजिङ स्टार चन्द्रौटा क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका बिभिन्न १२ टोली सहभागी भएका छन् । संस्थाका अध्यक्ष सरोज सेनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११, उप-विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतिक्रिया