८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शुक्लको संयोजकत्वमा रेडियो मायादेवीको लागि जग्गा व्यवस्थापन समिति बन्यो



मायादेवी अनलाइन, चारनम्बर ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज संचालक संस्था नव छहारी सामाजिक विकास संस्था बाणगंगा ४ कपिलवस्तुको संचालक समितिको वैठक बसेको छ । संस्थाका अध्यक्ष नन्दकिशोर शुक्लको अध्यक्षतामा रेडियोको कार्यालयमा मंगलबार वैठक बसेको हो ।

वैठकले सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को आगामी फागनु २५ गते हुने राष्ट्रिय अधिवेशनको लागि प्रतिनिधिको रुपमा संस्थाका उपाध्यक्ष माधव भाट क्षेत्रीलाई पठाउने सर्वसम्मत निर्णय गरेको छ । अकोरावको अधिवेशन काठमाण्डौँमा हुँदै छ ।

यस्तै वैठकले रेडियोको लागि जग्गा व्यवस्थापन कार्यदल पनि गठन गरेको छ । संस्थाका अध्यक्ष शुक्लको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको हो । जसमा उपाध्यक्ष माधव भाट क्षेत्री, सचिव थानेश्वर अधिकारी, सह–सचिव इन्दिरा तिमिल्सिना, सदस्य टेकेन्द्र क्षेत्री, कृष्ण कार्की, स्टेसन म्यानेजर तथा सदस्य चन्द्रकान्त न्यौपाने सदस्य रहनु भएको छ ।

सो कार्यदलले आगामी २ बर्ष भित्र जग्गा व्यवस्थापन गरी आफ्नै भवनमा रेडियो संचालन गर्ने गरी काम गर्ने अध्यक्ष शुक्लले बताउनु भयो ।

यसैगरी वैठकले संस्थाकी सहसचिव इन्दिरा तिमिल्सिनालाई बधाई ज्ञापन गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको हालै भएको सातौँ अधिवेशनबाट तिमिल्सिना महिला उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

संस्थाले नयाँ बर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमकको मिति पनि तोकेको छ । संचालक संस्थाका शेयर सदस्यबीच चैत्र ३१ गते शुभकामना कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष शुक्लले जानकारी दिनुभयो । रेडियो मायादेवी पछिल्लो समय प्रदेश ५ मै उत्कृष्ट संचार संस्थाको रुपमा स्थापित भइसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  ६ : १५ बजे