मायादेवी अनलाइन, चारनम्बर ।
नवगठित लायन्स क्लव अफ बाणगङ्गा कपिलवस्तुको पहिलो वैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष रमेश चन्द्र भुसालको अध्यक्षता तथा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेको प्रमुख आतिथ्यमा मंगलबार बसेको बैठकले कार्यसमितिलाई पनि पूर्णता दिँदै सामाजिक र मानवीय कार्यमा शशक्त ढंगबाट लाग्ने निर्णय गरेको हो ।
अध्यक्षको टुङ्गो यस अघि नै लागे पनि अन्य पदाधिकारीको टुङ्गो भने लागेको थिएन । उपाध्यक्षमा खुमानन्द घिमिरे , मनोज कुमार खत्री , नेत्र बन्जाडे, सचिबमा कृष्ण प्रसाद भट्टराई , कोषाध्यक्षमा योगेन्द्र मल्ल, सह सचिबमा राजेन्द्र अर्याल, सहकोषाध्यक्षमा मदन अर्याल रहनु भएको छ । २३ सदस्यीय समितिको सदस्यमा भुवन पाण्डे, कृति मल्ल लगायत रहेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।
नव गठित समितिले छिटोभन्दा छिटो आफ्ना कार्यक्रमहरु तय गरेर अगाडी बढने सचिब कृष्ण प्रसाद भट्टराईले मायादेवीसंग जानकारी दिनु भयो।
कार्यक्रममा लायन्स क्लब कपिलवस्तुका भिपी धातानन्द भुसाल र डाईरेक्टर मोहन अर्याल लगायतको उपस्थिति रहेको थियो । नव गठित समितिले छिटोभन्दा छिटो आफ्ना कार्यक्रमहरु तय गरेर अगाडी बढने सचिब कृष्ण प्रसाद भट्टराईले मायादेवीसंग जानकारी दिनु भयो।
प्रतिक्रिया