काठमाण्डौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्।
देउवासँग प्रचण्ड-नेपालले आज भेट्ने कार्यक्रम छ। चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका छन्। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे देउवासँग प्रचण्ड(नेपालले भेट्न लागेका छन्।
देउवाका सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड(नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिए। ‘उहाँहरूले भेट्न समय लिनुभएको छ। केहीबेरमा आउनुहोला,’ उनले भने।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड(नेपाल पक्ष र नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका थिए। यसैबीच अब प्रधानमन्त्री को बन्ने र कसरी अगाडी बढ्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रतिक्रिया