एजेन्सी ।
जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित हाँसिल गरेको छ।
अन्तिम १६ को पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले इटालियन क्लब लाजिओलाई ४–१ ले पराजित गरेको हो ।
बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, मुसिएला र लिरोय सानेले एक–एक गोल गरे । यस्तै लाजिओका एसिर्बीले आत्मघाती गोल गरे । घरेलु टोली लाजिओका लागि ४९ औँ मिनेटमा वाकिन कोरियाले एक गोल फर्काए ।
बार्यनका लागि लेवान्डोस्कीले नवौँ, मुसिएलाले २४ औँ तथा सानेले ४२ औँ मिनेटमा गोल गरेका हुन्।
लाजिओका एसिर्बीले ४७ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । दोस्रो लेग आउँदो मार्च १७ मा बार्यनको मैदानमा हुनेछ ।
प्रतिक्रिया