काठमाडौँ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् ।
अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।
यसैबीच सर्वोच्च अदालतमा मंगलबार साँझ सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसर र वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभा पुनस्स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई ुहेर्दा हेर्दैुमा राखेको थियो ।
मंगलबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको एक रिट निवेदकले बताए । ुहामीलाई इजलासले बोलाएको खबर आएको छ । फैसला सुनाउन हो कि किन हो थाहा छैन,ु उनले भने ।
प्रतिक्रिया