मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी ‘प्रथम सुर्योदय खुला नकआउट फुटवल’ मा आज एक खेल हुँदै छ । दिउसो ३ बजे सिद्धार्थ रंगशाला बुङचीमा सुरु हुने खेलमा कोब्रा गाइज कपिलवस्तु र फर्साटिकर फुटवल क्लव रुपन्देहीबीच खेल हुने आयोजक सूर्योदय सामाजिक विकास संस्थाका अध्यक्ष सरोज सेनले जानकारी दिनुभयो । आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुवै टोलीमा यस क्षेत्रका चर्चित खेलाडीहरु रहने भएकाले खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । खेलमा दर्शकको बाक्लो सहभागिता छ ।
यसअघि आइतबार अयोजक सूर्योदय युवा क्लवले रुपन्देहीको बासगढीस्थित बुद्धभूमि फुटवल एकेडेमीमाथि सूर्योदयले ३–० को सानदार जित हासिल गरेको थियो । प्रतियोगिताको विजेता टोलील नगद १ लाख १ हजार १ सय ११, उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतिक्रिया