८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बाणगंगामा ‘फ्रेसवे सुपर मार्ट’ को शुभारम्भसंगै ग्राहकको आकर्षण बढ्यो



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा शनिबार शुभारम्भ भएको फ्रेसवे सुपर मार्टमा ग्राहकको आकर्षण बढेको छ । फागुन ८ गते शनिबार नगर प्रमुख मंगल प्रसाद थारु र नगरउपप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गर्नुभएको सुपर मार्टमा ग्राहकको आकर्षण बढेको हो । उद्घाटन भएको ३ दिन सम्म नै विहानदेखि साँझसम्म सामान किनमेल गर्नेको भीँड देखिन्छ ।

No description available.


उपभोक्ताको आवश्यकताहनुसार दैनिक उपभोग्य सबै सामग्री, खाद्यान्ह, नेपाल तथा विदेशमा प्रचलित फलफुल तथा तरकारी, पहाडमा पाइने गेडागुडी, भाँडाकुँडा, कस्मेटिक, गिफ्टका सामानहरु एकै स्थानमा पाइएपछि अब बजार गर्न सजिलो भएको ग्राहकहरुले बताएका छन् । तिनदिन लगातार किनमेलको लागि मार्टमा आएकी चार नम्बरकी सृजना पौडेलले सुपर मार्ट खुलेपछि आफूलाई निकै सजिलो भएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘धुलो धुवाँ खाँदै दिनभर पसलहरु चहारेर पनि भनेजस्तो सामान पाइदैनथ्यो, पाए पनि कमसलका तर यो मार्टमा आएपछि सबै पाएकी छु । सामान पनि राम्रो छ । पछिसम्म यस्तै सुविधा र सेवा दिएछ भने सबैलाई राम्रो हुनेछ ।’ उहाँले मार्टमा आफूले किनेका सामानमा पनि गुणस्तर पाएको र मुल्य पनि अन्तभन्दा सस्तो नै रहेको बताउनुभयो ।

मार्टमा विशेष गरी तरकारी र फलफुलमा ग्राहकको आकर्षण छ । पहाड तथा तराईमा पाइने बिभिन्न तरकारी, एभोगाडो, किभि, ड्रयागन फुड, हरियो स्याउ, जस्ता फलफुलमा पनि ग्राहकको आकर्षण छ ।

No description available.


शनिबार मार्टको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख मंगलप्रसाद थारुले अब किनमेलमा नगरबासीलाई सजिलो हुने बताउनु भयो । एउटा यस्तो पसल नगरमा आवश्यकता बोध गरिरहेको अवस्थामा रुपन्देहीबाट आएर युवाहरुले राम्रो गरेको बताउनु भयो । करको मापदण्ड तथा नगरको नियमअनुसार चल्न उहाँले संचालकलाई अनुरोध गर्नुभयो ।

उहाँले नगरलाई कर मैत्री बनाउने पनि बताउनु भएको छ । उपप्रमुख चक्रपाणी अर्यालले देशमै केही गरौँ भन्ने व्यवसायीको लागि नगरले सहयोग गर्ने बताउनुभयो । नगरमा यो मार्ट संचालनमा आउनु सबैको लागि राम्रो भएको भन्दै ग्रामिण जनताको आर्थिक स्थितिलाई बुझेर कारोबार गर्न उहाँको सुझाव छ ।

No description available.


रुपन्देहीका ३ जना युवा ब्यवसायी रामराज शर्मा, प्रकाश घिमिरे (सिए) र सविन सुवेदीले १ करोड बढीको लगानीमा मार्टलाई संचालनमा ल्याएका हुन् । उनीहरुक अनुसार उद्घाटनको १ हप्ताभर प्रत्येक सामानमा १० प्रतिशत छुटको ब्यवस्था छ ।

No description available.

स्थानीय स्तरमा उपलब्ध भएसम्म तरकारी तथा फलफुल त्यहीँबाट नै गरिद गरिने र किसानलाई विचौलियाको विगविगीबाट बचाउने पनि आफूहरुको लक्ष्यसहित मार्ट सुरु गरिएको संचलकले रामराज शर्माले बताए । पसलमा स्थानीय स्तरका ८ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको र पछिसम्म कम्तिामा पनि १५ जना स्थानीयलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७ सोमबार ००:००  ९ : ३५ बजे