मायादेवी अनलाइन, चारनम्बर ।
लायन्स क्लवले प्रदान गर्ने ‘बेस्ट सर्भिस अवार्ड’ बाट लायन्स क्लव अफ कपिलवस्तु सम्मानित भएको छ । देशभरका शाखाले संचालन गर्ने बिभिन्न कामहरुमा लायन्स क्लव कपिलवस्तुले उत्कृष्ट ठहरिँदै क्लवको तेश्रो क्याविनेट बैठकले कपिलवस्तु सम्मनित भएको हो ।
रुपन्देहीको भैरहवामा भएको वैठकमा district 325 B2 का गभर्नर शम्भु नकर्मीले सो सम्मान पत्र कपिलवस्तु अध्यक्ष सुरेन्द्र घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो । घिमिरेको नेतृत्वमा कपिलवस्तुमा बिभिन्न सामाजिक र मानवीय कार्यहरु सक्रिय ढंगबाट सम्पन्न भएका थिए । क्लवले अर्घाखाँचीमा पहिरोमा परेर घरबारविहिन भएका, गुरुकुलममा पढिरहेका बटुक, बालआश्रममा रहेका बालबालिकालाई पनि राहत तथा सहयोग गरेको थियो ।
यस्तै कोभिडमा पनि जोखिम मोलेर क्लवले धेरै काम गरेको, कोरोनाको बेला रक्तदानजस्ता कार्य गरेकाले नै क्लवल उत्कृष्ट भएको घिमिरेले मायादेवीलाई बताउनु भयो । यी सबै काम गर्न खट्ने मित्रहरुलाई धन्यबाद दिँदै सामुहिक कार्यबाट सफलता हात लागेको उहाँको भनाई छ । कार्यक्रमकै अवसरमा लायन्स कल्ब अफ कपिलवस्तुले आफ्नो डाइरेक्टरी समेत बिमोचन गरेको छ ।
यसैबीच लायन्स क्लव अफ बाणगंगा पनि गठन भएको छ । त्यसको अध्यक्षमा रमेश चन्द्र भुसाल रहनु भएको छ । यसको स्पन्सर पनि घिमिरे नै हुनुहुन्छ । मातृशाखाको रुपमा लायन्स क्लव अफ कपिलवस्तु रहेकोमा यसअघि लायन्स क्लव आफ कपिलवस्तु दिदीबहिनी पनि गठन भएको थियो ।
प्रतिक्रिया