बुटवल ।
जनमत राष्ट्रिय पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् ।
रूपन्देहीको भैरहवामा आज लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले यसलाई असामान्य र सोच्नैपर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको बताए ।
जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको उनको भनाइ थियो । राउतले नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको टिप्पणी गरे ।
अहिले बुद्धिजीवी, पत्रकारलगायतले नागरिक आन्दोलन सुरु गरेको भन्दै उनले यस्तो आन्दोलन दलविशेषको हुन नहुनेमा जोड दिए।
प्रतिक्रिया