मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि हुने चुनावमा ब्यवसायी रमेश चन्द्र भुषालले पनि स्वतन्त्र उम्मेदवारी दिनु हुने भएको छ । यही माघ २३ र २४ गते हुने संघको १४ औँ साधारण सभा तथा सातौँ अधिवेशनमा आफूले वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र उम्मेदावारी दिने भुसालले फेसबुकमार्फत् सार्वजनिक गर्नु भयो ।
संघको पूर्व सल्लाहाकार, पाँचौँ अधिवेशनमा महासचिव लडेको तथा छैठौँ अधिवेशनमा पनि आफ्नो पालो रहँदा रहँदै महासचिवमा अरुलाई छाडेको बताउँदै अहिले आफूमाथि अन्याय भएको उहाँको भनाई छ ।
उहाँले वरिष्ठ उपाध्यक्षमा अब चुनाव लड्ने मायादेवीसंग बताउनु भयो । डोलकराम घिमिरे अध्यक्ष रहेको प्यानलमा आफूले महासचिव पदमा दाबी गरेको तर नदिएपछि बाध्य भएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको पनि उहाँले बताउनु भयो । उहाँले लामो समयदेखि संघको लागि आफूले मरिमेटेर काम गरेको पनि दावी गर्नुभयो । भुसाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुनुहुन्छ ।
प्रतिक्रिया