मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी माहोल बढेको छ । संघको अधिवेशन नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको हो । कपिलवस्तु उद्योग वाणिज्य संघमा आगामी नेतृत्वका लागि डोलकराम घिमिरेको प्यानलले उमेद्धवारी घोषणा गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्षसहितका पदमा उमेद्धवारी घोषणा गरेको हो । संघको अध्यक्षमा कांग्रेसले डोलकराम घिमिरेलाई उठाएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मण अधिकारी, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरेलाई उठाउने निर्णय गरेको छ । यस्तै महासचिवमा मनोज पौडेल, कोषाध्यक्षमा बिनोद पन्त, सचिवमा शंकर प्रसाद न्यौपाने, सह-कोषाध्यक्षमा सेराज अहमद, महिला उपाध्यक्षमा इन्दिरा तिमिल्सीनालाई उमेद्धवार उठाउने निर्णय गरेको छ ।
यस्तै महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेललाई उठाउने निर्णय गरेको जनाइएको छ । यसैगरी एशोसियट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा लक्ष्मण भुसाल र मनोज बानियालाई उठाउने निर्णय गरेको छ भने वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा लडाउने नेपाली कांग्रेस पक्षले निर्णय गरेको हो ।
यता प्रचण्ड-नेपाल र ओली समूहले आधिकारिक रुपमा टोप नारायण बेल्वासेको नेतृत्वमा सिंगल प्यानल घोषणा गरेको छ ।
यो पनि पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनः ‘लिखित प्रतिवद्धता’ गरी सहमतिको प्रयास
प्रतिक्रिया