८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मजदुरहरुले भने- धरहरा हामीले बनाएको हो



काठमाण्डौ ।

२०७२ सालको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको काम धमाधम भइरहेको छ । अहिले २१ औँ तलाको ढलान गर्ने तयारी भइरहेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुनेछ । धरहरा बनाउने काम अन्तिम चरणमा पुगे पनि पार्किङ, सुन्धारा निर्माणलगायतका अरु काम भने धेरै बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धेरै काम बाँकी भए पनि धरहरा अग्लिँदै गरेको देख्दा त्यस आसपास भएर हिँड्नेहरूलाई उत्साहित बनाउने गरेको छ । धरहरा पुनर्निर्माणमा संलग्न मजदुरहरु त झन् बढी खुशी छन् । केही दिनअघि नेकपाका नेता झलनाथ खनालले धरहरा बनाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नभएर इञ्जिनियरहरुले बनाएको भनेर भाषण गर्नुभएको थियो ।

उहाँको यो भाषण निक्कै चर्चित पनि भयो।
धरहरा पुनर्निर्माणमा संलग्न मजदुरहरुलाई हामीले धरहरा कसले बनाएको हो त भनेर प्रश्न गर्दा उनीहरुले एकसाथ भने ? यो त हामी (मजदुर)ले बनाएको हो ।

प्रकाशित मिति : २० माघ २०७७ मंगलबार ००:००  १२ : ५३ बजे