मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा ओली समूह कपिलवस्तुको संंयोजकमा झविलाल पोख्रेल चयन हुनु भएको नेकपा ओली समूह लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।
प्रदेश कमिटीको विहीबार बुटवलमा सम्पन्न वैठकले पोख्रेललाई चयन गरेको हो । त्यस्तै जिल्लाको सह–संयोजकमा डम्मर प्रसाद शर्मा चयन हुनु भएको छ ।
त्यस्तै जिल्ला सचिवमा धर्मराज भुसाललाई चयन भएको ओली समूहका लुम्बिनी प्रदेश कमिटी कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिनु भयो ।
नवनियुक्त अध्यक्ष लिला गिरीको अध्यक्षतामा सम्पन्न वैठकले ४ सय १ जना सदस्य रहेको प्रदेश कमिटी चयन गरेको कार्यालय सचिव अधिकारीले जानकारी दिनु भयो । गठित प्रदेश कमिटीमा कपिलवस्तु जिल्लाबाट दुई दर्जन चयन भएको उक्त समूहले जनाएको छ ।
प्रतिक्रिया