८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘अख्तियार खाली राख्ने प्रचण्डको नियत के हो ?



बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डका कारण संवैधानिक निकायमा नियुक्त हुन नसकेको बताएका छन् । बुटवलमा मंगलबार युवासंघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदैै नेकपा ओली पक्षका नेता समेत रहेका पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार लगायतका संवैधानिक निकायमा नियुक्ती गर्न नदिएको आरोप लगाए ।

‘त्यो अख्तियार खाली राख्ने प्रचण्डको नियत के हो? कारवाही गर्ला भन्ने नाममा अख्तियारलाई खाली राख्ने षडयन्त्र गरिएको थियो।’ उनले भने ’त्यो षडयन्त्रलाई प्रधानमन्त्रीले चकनाचुर पार्नुभएको छ । संबैधानिक परिषदबाट नियुक्त गर्नुभएको छ । अध्यादेशको आवश्यकता त्यसैको लागि थियो।’ पोखरेलले अब अख्तियार पूर्ण रुपमा क्रियाशिल हुने दाबी गरे ।

नेपालको गुमेका भुभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री माथि घेराबन्दी गरिएको पोखरेलको भनाइ छ। ‘जुन दिन चुच्चे नक्सालाई संसदमा प्रवेश गराएर सर्वसम्मत पारित गर्नुभयो । त्यही दिनबाट प्रधानमन्त्रीबाट घेराबन्दी सुरु भयो ।’ उनले भने ‘आजको शंकट त्यही चुच्चे नक्साका कारणले हो।’ प्रधानमन्त्रीको पक्षमा उभिनु नै राष्ट्रियताको पक्षमा उभिनु भएको पोखरेलले उल्लेख गरे ।

केपी ओलीलाई पार्टी चलाउन नसकेको चर्चा हुने भन्दै उनले दुइ तिहाइको समर्थन प्राप्त नेता पार्टी चलाउन नसकेको हुन्छ भनि प्रश्न गरे। उनले ओलीले दुइ वटा ठूला पार्टीलाई एकतामा बाध्ने सहाशिक निर्णय गरेको दाबी गरे ।

युवा भेलामा उनले बर्तमान प्रधानमन्त्री युवा पुस्ताको पक्षमा रहेको उल्लेख गरे । पार्टीमा बहस चलेका बेला महाधिवेसन पछि आफू नदोहोरिने र चुनाव पछि प्रधानमन्त्री बन्दिन भन्नुले केपी ओली नयाँ पुस्ताको पक्षमा रहेको पुष्टी हुने पोखरेलको भनाइ छ । पोखरेलले अहिलेको राजनीतिक संकट नयाँ पुस्ताको लागि अवसर भएको दाबी गरे ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ६ : २२ बजे