काठमाण्डौ ।
राष्ट्रिय महिला लिगमा एपीएफले लगातार तेस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएर एपीएफले तेस्रो जित निकालेको हो । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफकी अन्जलीकुमारी योञ्जन र सरु लिम्बुले एकरएक गोल गरिन् । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
जितसँगै एपीएफ तीन खेलमा नौ अङ्क जोड्दै शीर्ष स्थानमा छ । आर्मी तीन खेलमा चार अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै मङ्गलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगपालिकाले बराबरी खेलेका छन् ।
प्रतिक्रिया