काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा संविधानविपरीत भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता थापाले संविधानबारे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलप्रति पनि कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री ओलीको कदम सही भन्ने नेम्वाङ र खरेलले विगतमा संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था नगरेको भन्दै अभिव्यक्ति दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहसका लागि कति समय लिन लागेको हो भनेर थापालाई सोधेका थिए । त्यसक्रममा संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए ।
सोमबारको सुनुवाइका क्रममा थापाले अगाडि भने, ुमैले नयाँ कुरा गर्छु भन्ने होइन । यत्रो मित्रहरूले गरिसक्नुभयो । संविधान श्रीमानहरूबाट पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो ।ु
प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले कटाक्ष गरेका हुन् । ुप्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा, अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।ु
संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको थापाको भनाइ थियो । ुसंविधान त एउटै हो, संविधानले बेलाबेलामा बोली फेर्नु ठीक भएन । सभासद् भएर हिजो शपथ लिने, कानुनमन्त्री बन्ने पनि त्यसरी व्याख्या गर्ने १ त्यसको हैसियत म व्याख्या गरौंला नि श्रीमान् १,ु विगतमा कानुनमन्त्री भएका महान्यायाधीवक्ता खरेलतर्फ इंगित गर्दै थापाले भने, ुपदमा जाने गइसकेर लिड ९नेतृत्व० गरेर बोल्ने अनि अर्को बाटोबाट फाल्न पाइँदैन नि । हामीलाई त जे संविधान दिएको छ त्यसैको लागि इजलास बसेको छ ।ु
संविधानमा भएको कुराको व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको थापाको भनाइ थियो ।
संविधानको अन्तिम व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको र त्यसले सबैको विश्वास जित्ने व्याख्या गर्नुपर्ने थापाको भनाइ थियो । ुश्रीमानहरूको जो व्याख्या हुन्छ त्यो नै फाइनल हुने हो । विश्वास आफ्नो हो । आत्माको विश्वासको अगाडि व्याख्या होस् भन्ने हो,ु उनले भने ।
सुनुवाइका क्रममा थापाले संसद विघटन के हो रु कस्तो अवस्थामा संसद विघटन हुन्छ रु र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन् ।
यसअघि बहसमा सहभागी भएका अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्रीले संविभान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए ।
प्रतिक्रिया