८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वैज्ञानिक वन व्यवस्थापन सरोकारवालाको राष्ट्रिय अध्यक्षमा रेनु सेन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुकी रेनु सेनको अध्यक्षतामा बैज्ञानिक बन व्यवस्थापन सरोकारवाला राष्ट्रिय सञ्जाल गठन भएको छ । काठमाडौंमा भएको बृहत भेलाबाट सेनको नेतृत्वमा ५१ सदस्यिय राष्ट्रिय सञ्जाल गठन भएको हो ।

सरकारले बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम बन्द गर्ने बताइरहेका बेला त्यसको विरोध स्वरुप देशभरका सामुदायिक बनका उपभोक्ता आन्दोलित हुँदै सञ्जाल गठन गर्न पुगेका हुन् ।

सामुदायिक बनहरुको प्रतिनिधित्व गर्ने सामुदायिक बन महासंघ सरकार पक्षधर भएपछि देशभर बैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जाल गठन गरिएको छ ।

सामुदायिक बन भएका जिल्लामा गठन भएको यो सञ्जालले कपिलवस्तु संयोजक समेत रहनुभएकी सेनको नेतृत्वमा राष्ट्रिय सञ्जाल गठन गरेको हो ।

सञ्जालको राष्ट्रिय अध्यक्ष चुनिनुभएकी सेनले अब वैज्ञानिक वन व्यवस्थापनलाई पूर्ववत रुपमा सञ्चालन गर्ने गरी संघर्षका कार्यक्रम ल्याइने बताउनुभयो । सरकार आफैले लागू गरेको यो कार्यक्रमलाई सिमित व्यक्तिको स्वार्थमा हटाउने चलखेल भैरहेको भन्दै अब देशव्यापि यो कदम विरुद्ध संघर्ष चर्काइने उहाँले बताउनुभयो ।

No description available.

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  ९ : ४२ बजे