एजेन्सी ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० ले पराजित गरेको हो । १९ औँ मिनेटमा ओम्लििन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा सीमित भएको थियो ।
पिएसजीका लागि केलियन एमबाप्पेले ३४ र ६३ औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै नेइमारले ६० औँ तथा आइकार्डीले ६१ औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् ।
जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २० खेलबाट ४२ अंक छ।
प्रतिक्रिया