८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आज पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस, न विदा न सरकारको कुनै कार्यक्रम !



काठमाण्डौँ ।

राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो ।

सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनु भयो । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उहाँ पराजित हुनु भएको थियो । उहाँ विसं १८०१ मा नुवाकोटमा विजयी हुनुभयो ।

यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनु भएको थियो । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गर्नु भएको थियो । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए ।

शाहले ‘व्रतरत्न माला’ नामक कृति लेख्नु भएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनु भयो । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले कटौती गरिएको छ ।

तर यो अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ । राप्रपा लगायतका राजाबादी संगठन र अरुले पनि आजको दिन सार्वजनिक विदा दिनु पर्ने माग गरिरहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७७ सोमबार ००:००  ६ : ०५ बजे