८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगा वडा नम्बर २ मा वन संरक्षण सम्बन्धी तालिम सुरु



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा नगरपालिका वडा नम्बर २ मा आजबाट वन संरक्षण सम्बन्धी तालिम सुरु भएको छ । २ दिनसम्म चल्ने तालिममा विभिन्न ८ सामुदायिक वनका एक सय पदाधिकारी सहभागी छन् । तालिम उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले वन संरक्षण, सम्बद्र्धन र यसको सदुपयोगमा जोड दिनुपर्ने बताउनुभयो । वन संरक्षणका लागि स्पष्ट नीति नहुदा पनि समस्या भएको उहाको भनाई छ । २ दिन सम्म चल्ने तालिमको भरपुर उपयोग गर्न सहभागी सम्पूर्णलाई आग्रह गर्नुभयो ।

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले तालिमबाट वन संरक्षण सम्बन्धी धेरैकुरा सिक्न सहभागीलाई आग्रह गर्नुभयो । वैज्ञानिक वन ब्यवस्थापन ठिक हो या हैन भन्ने कुरा छलफलकै विषय भएपनि स्वदेशका काठको उपयोग नगरी विदेशी काठ आयात गर्नु गलत रहेको बताउनुभयो ।

कार्यक्रम वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, उपमेयर चक्र अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्य टिका कुमारी अधिकारी र वडा सचिव नरेन्द्र पोख्रेलको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा मनकामना सामुदायिक वनका अध्यक्ष अमित पौडेल, नेकपा वडा अध्यक्ष नहकुल शाही, सामुदायिक रेडियो मायादेवीका दिपा महतले बोल्दै वन संरक्षणमा जोड दिनुभएको थियो ।
यहि पौष २७ गते (भोलि) सम्म संचालन हुने तालिममा सब डिभिजन वन कार्यलयका प्रमुख खिल बहादुर तामाङ र अमन अर्यालले सहभागीलाई वन संरक्षण सम्बन्धी प्रशिक्षण दिनुहुने छ ।

No description available.

प्रकाशित मिति : २६ पुस २०७७ आइतबार ००:००  २ : ५३ बजे