रुपन्देही ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घरटहरा हटाउने काम सुरु भएको छ । बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत सडकको सीमा मिचेर बनाइएका घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो ।
चौराहा, मिलनचोक र ट्राफिकचोकबाट एकै पटक डोजर चलाइएको हो । सडक मिचिएका एक सय ५० बढी घरजग्गा घटाउनु पर्नेमा दुई जनाले यसअघि नै हटाइ सकेका छन् । नारायणदेवी प्रधानलगायतका २४ जनाले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा यसअघि असार ९ गते दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश सर्वोच्चले दिएपछि घरटहरा हटाउन बाटो खुलेको हो ।
यसअघि अदालतको आदेशपछि पटक-पटक रोकिँदै आएको थियो । त्यस सडकखण्डमा १ सय ५० बढी घरजग्गा घटाउनु पर्ने छ ।
प्रतिक्रिया