मायादेवी अनलाइन, जितपुर ।
नेपाल दर्शन समाज कपिलवस्तुको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वाणगंगा ४ सिद्धिपुरमा रहेको आफ्नै भवनमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को कार्ययोजना पारित गरेको छ । साधारण सभामा सचिव सुनिता सेनले वार्षिक प्रगती प्रतिबेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कोषाध्यक्ष फवेन्द्र सेनले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक कार्यक्रमको अनुमानित लागत तथा स्रोत, आर्थिक लेखा परिक्षण ७६/७७ बारे जानकारी गराउनुभएको थियो । यस्तै आन्तरिक लेखा प्रतिबेदन लेखा समिती संयोजक निर्मल शाहीले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथी ठकुरी समाज महासंघ केन्द्रिय उपाध्यक्ष दुर्गा सेनले भाषणमा मात्र सिमित नभइ आगामी दिनमा थप कार्य गर्दै जानुपर्ने बताउनुभयो । उहाले ठकुरी समाजमा आवद्ध नभएका अन्य अग्रजलाई आवद्ध गराएर एक भएर जानुपर्ने बताउनुभयो । उहाले आगामी दिनमा नया कार्यक्रम ल्याएर संस्थालाई अगाडी बढाउन नेपाल दर्शन समाज कपिलवस्तुलाई आग्रह गर्नुभयो ।
यस्तै केन्द्रिय सदस्य विदुर मल्ल ठकुरीले अबका दिनमा गोलबद्ध भएर जानुपर्ने धारण राख्नुभयो । साधारण सभामा विष्णु मल्ल, रेशम मल्ल, योगेन्द्र मल्ल, विजय शाही, चन्द्र बहादुर मल्ल, निर्वतमान अध्यक्ष चित्र बहादुर खाण लगाएतले बोल्दै थप सफलताको शुभकामना दिनुभएको थियो । यस्तै साधारण सभामा विभिन्न ब्यक्तीत्वहरुलाई सम्मान पनि गरिएको छ ।
मानार्थ सदस्य प्रेम बहादुर मल्ल र विरेन्द्र खाण लाई सम्मान गरिएको छ भने जेष्ठ नागरिक महिला तर्फ राम कुमारी मल्ल, पुरुष तर्फ लाल बहादुर शाहलाई पनि सम्मान गरिएको छ । यसैगरी ब्यवसाय तर्फ २ जना कृष्ण बहादुर शाही (विजय) र कमल मल्ल , शिक्षा तर्फ अवा मल्ल, र हरेक क्रियाकलापबाट संस्थालाई सहयोग गरेकोमा विष्णु मल्ललाई पनि सम्मान गरिएको छ ।
साधारण सभामा कार्ययोजना अन्तरगत मुठी दान कार्यक्रमबाट उठेको सहयोग प्रदान गरिएको थियो । झुँगा इकाईका मुक्ती मल्ल र सिद्धिपुर इकाईका रेशम मल्लले उठेको सहयोग प्रदान गर्नुभएको थियो भने बुड्डी इकाइबाट सहयोग पुराएकोमा पूर्व इकाई अध्यक्ष माया मल्ल लाई पनि सम्मान गरिएको छ ।
कार्यक्रम अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता उपाध्यक्ष सुष्मा खाणको स्वागत मन्तब्य र सचिव सुनिता सेनको संचालनमा सम्पन्न भएको हो । २०६१ सालमा स्थापना भएको समाजमा अहिले ५८७ घरधुरी आवद्ध छन् ।
प्रतिक्रिया