८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रथम तिलोत्तमा नगरस्तरीय मावि भलिवल सुरु, २९ टिममध्ये को बन्ला च्याम्पियन ?



मायादेवी अनलाइन, चार नम्बर ।

तिलोत्तमा । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा प्रथम तिलोत्तमा नगरस्तरीय मावि भलिवल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुल वडा नम्बर ८ प्रदिपनगरको संयोजनमा सुरु भएको प्रतियोगिताको नगर उपप्रमुख जागेश्वरी चोधरीले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले नगर खेलकुदमैत्री भएको बताउनु भयो । पछिल्लो समय विश्वमा खेलकुदको महत्व बढेका कारण विद्यालयस्तरबाटै खेलाडीहरुको उत्पादन तथा पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो ।

उहाँले खेलकुदलाई अब आर्थिक विकास र समृद्धिसंग पनि जोड्नु पर्ने बताउनु भयो । नगरमा खेलकुदको लागि बजेट अभाव हुन नदिने पनि उहाँले बताउनु भयो ।नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले प्रतियोगितामा अधिकांस विद्यालयले भाग लिएकोमा खुसी व्यक्त गर्नुभयो । उद्घाटन सत्र समापन गर्दै उहाँले सबैलाई धन्यबाद समेत दिनुभयो ।

विद्यालयका अध्यक्ष लक्ष्मण खनालले खेलमा देखिएको विद्यार्थीको उत्साहले थप कार्यक्रम गर्न बल दिएको बताउनु भयो । उहाँले सबै विद्यालयमा अब खेलकुदलाई हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताउनु भयो ।नगर खेलकुद विकास समितिका सदस्य, तथा कसवरवर्ति स्कुलका प्राचार्य दिपक खनालले अनुशाषित भई खेलकुदमा भाग लिन खेलाडीलाई अनुरोध गर्नुभयो ।

यस प्रतियोगितालाई हरेक विद्यालयले प्रतिष्ठासंग जोड्ने गरेको भन्दै सबै विद्यालयले उत्तिकै मिहिनेत बताउनु भयो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि, सबैको लागि खेलकुद’ भन्ने नारासहित निकै तामझामका साथ सुरु भएको प्रतियोगितामा नगरभित्रका विद्यालयका छात्रतर्फका १८ र छात्रातर्फका ११ गरी २९ टिम सहभागी भएका छन् । प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

No description available.

दुवै प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुने टोलीले क्रमशः ३० हजार, २० हजार, १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ । नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यमा पर्सी समापन हुने भलिवललाई राष्ट्रियस्तरका रेफ्रीले खेलाइरहेका छन् ।प्रतियोगितामा कपिलवस्तुको हिलवर्ट इङलिस बोर्डिङ स्कुल र मायादेवी रेडियोले पनि सहयोग गरेका छन् ।

No description available.

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  ७ : ५८ बजे