८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगामा तेस्रो नगर स्तरीय माघी महोत्सव सञ्चालन हुने



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा तेस्रो नगर स्तरीय माघी महोत्सव हुने भएको छ । यहि माघ २ गते देखि ४ गतेसम्म महोत्सव संचालन गरिने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

वाणगंगा ११ हथौसा शिवरात्री मेला स्थलमा तीन दिनसम्म संचालन हुने मेलाको वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले उद्घाटन गर्नुहुने छ ।

थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको माघी महोत्सवलाई यस वर्ष कोभिड–१९ का बीच पनि निरन्तरता दिएको आयोजक थारु कल्याणकारी सभा कपिलवस्तुले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई ख्याल गर्दै यस वर्ष सचेतना मूलक माघी महोत्सव गर्न लागेको थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताउनुभयो । उहाँले यस वर्ष सांस्कृतिक कार्यक्रम तर्फ बढी तामझाम नगर्ने भन्दै यहाका स्थानीय कलाकारलाई प्राथामिकता दिने बताउनुभयो ।

यस्तै थारु कल्याणकारी सभा नगर सभापति भग्गु प्रसाद थारुले माघी मेलामा यस वर्ष २ वटा सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभयो । माघ २ गते मेला स्थालमा रक्तदान कार्यक्रम आयोजना गर्ने र ३ गते लागु औषध दूब्र्यवसन सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्ने थारुले बताउनुभयो ।

कोभिडको जोखिमलाई ख्याल गर्दै यस वर्ष बढी कलाकारहरु नबोलाइएको पनि उहाँले बताउनुभयो । कार्यक्तम थारु कल्याणकारी सभा नगर सभापनि भग्गु थारुको अध्यक्षता, थारु कल्याणकारी सभा कपिलवस्तु सभापति उमाशंकर चौधरीको प्रमुख आतिथ्यता र श्रीराम थारुको संचालनमा सम्पन्न भएको हो ।

थारुहरुको पहिचान जोगाउने उद्देश्यले गर्न लागेको महोत्सवमा थारुहरुको भाषा, कला, सीप तथा पहिचान झल्किने खालको कार्यक्रमहरु प्रस्तुत गरिनेछ । यस्तै मयुँर नाच, लाठी नाच, झुमरा, झर्रा, बड्का लगाएतका मौलिकता झल्कले प्रस्तुती रहने श्याम सिटिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  ६ : १५ बजे