मायादेवी अनलाइन, तौलिहवा ।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेशसभा विघटन गर्न खोजे द्वन्द्व बीजारोपण हुने बताएका छन् ।
जसपा कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा यादवले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालिसकेको बताए । उनले प्रदेश सरकार विघटनले नयाँ द्वन्द्व निम्तिने चेतावनी दिए ।
नेता यादवले नेकपाको आन्तरिक कलहले देशमा संकट उत्पन्न भएको प्रतिक्रिया दिए । प्रतिनिधिसभा विघटन असंवैधानिक बताउँदै उनले राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि जनाए । प्रतिनिधिसभा विघटने अराजकता र राजनैतिक अस्थिरतालाई बल पुगेको उनको भनाइ छ ।
प्रतिक्रिया