८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मदन भण्डारी भन्नुहुन्थ्यो : पार्टीभित्र गफाडी खोज्नुपर्‍यो भने केपी ओली भेट्दा हुन्छ



काठमाडौं ।
नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले कहिल्यै संगठन नबनाएको बताए । शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमाले बनाएको बताएका हुन् ।

उनले भने, ‘पूर्वएमालेका साथीहरु भुक्तभोगी छौं । केपी ओलीले कहिल्यै संगठन बनाउनुभएन । नेकपा एमाले उहाँले बनाएको होइन ।’

नेता नेपालले ओलीका कारण देशकै शीर निहुरिएको भन्दै कम्युनिस्ट आन्दोलन कलंकित भएको बताए । नेता नेपालले भने, ‛मदन भण्डारी भन्नुहुन्थ्यो – विख्यात गफाडी खोज्नुपरे केपी ओली खोजे हुन्छ । उनी गफाडी हुन्, काम गर्दैनन् । यो कुरा सुनेर ओली बम्किएलान । तर, कुनै चिन्ता छैन । ज्ञानेन्द्रको तानाशाहसँग लड्न कुनै कठीन छैन, हामी लड्छौं र जित्छौं ।’

हामीले जनयुद्ध गयौं, जनआन्दोलन गर्यौं । तर, केपी ओलीमा गणतन्त्र, संघीयताप्रति अरुचि छ। संविधानप्रति अरुचि छ, नेता नेपालले भने ।

उनले भने, ‛नेपालको कम्युनिष्ट आन्दोलनमा ओली एउटा प्रवृत्ति हो । उहाँ ढाँटछल, षड्यन्त्र गर्नुहुन्छ । उहाँ के बोल्नुहुन्छ भन्ने दुनियाँलाई थाहा छ। सुन्दा लज्जावोध हुन्छ ।’ –लोकपाटीबाट

प्रकाशित मिति : २४ पुस २०७७ शुक्रबार ००:००  ५ : ०९ बजे