काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।
‘१४ तारिख माघ १ परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ’, ओलीले सुदुरपश्चिमको विकासबारे सम्बोधन गर्ने क्रममा बताए ।
प्रतिक्रिया