८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कामचलाउ प्रधानमन्त्री आज धनगढी जाँदै, भाषणमा सबैको ध्यान



काठमाण्डौँ ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यकर्तालाई सम्बोधन गर्नका लागि आज धनगढी जाँदैछन् । संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणापछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । प्रधानमन्त्री ओली सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनको सुरक्षाका लागि करिब एक हजार सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको छ भने एक सयको हाराहारीमा सादा पोशाकमा प्रहरी खटाइएको छ ।

यसअघि उनी गत मंसिरमा भएको पार्टी स्थायी कमिटीको बैठकमा सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराही गएका थिएनन् भने करिब ९ महिनादेखि सिंहदरबारस्थित कार्यालय समेत नगई बालुवाटारस्थित निवासबाटै प्रधानमन्त्रीको काम गरिरहेका छन् । ओली जहाजहाँ जान्छन्, हँसाएरै मार्छन् । धेरैले आज ओलीले त्यहाँ के भनेर सम्बोधन गर्लान् प्रतिक्षा गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७ शुक्रबार ००:००  ८ : ४३ बजे