एजेन्सी ।
अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् ।
यसअघि ट्रम्प समर्थकको प्रदर्शनका कारण संसद्को संयुक्त बैठक केही बेर रोकिएको थियो । यस प्रदर्शनका क्रममा अहिलेसम्म चार जनाको ज्यान गएको छ भने १० जनाभन्दा धेरै घाइते भएका छन् । जर्जियामा डेमोक्रेटिक उम्मेदवारहरूको जितसँगै अमेरिकी सिनेटमा डेमोक्रेट्स और रिपब्लिकन्सको सङ्ख्या समान भएको छ । सिनेटमा १ सय सदस्य हुन्छन्, अब दुवै पार्टीका सदस्यको सङ्ख्या ५०–५० भएको छ । यसअघि अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो ।
यसअघि अमेरिकी सिनेटको एक समूहले जबसम्म मतदानमा कथित धाँधली भएको बारेमा जाँच गर्न एक आयोग गठन हुँदैन तबसम्म जो बाइडेनको जित प्रमाणित गर्न नमान्ने बताएका थिए । यसअघि अमेरिकाका सबै ५० राज्यका इलेक्टोरल कलेजले जो बाइडेनले ३ सय ६ मत प्राप्त गरेको पुष्टि गरेको थियो । अमेरिकी चुनावमा जितका लागि इलेक्टोरल कलेजको २ सय ७० मत आवश्यक हुन्छ ।
प्रतिक्रिया