मायादेवी अनलाइन, वाणगंगा ।
कपिलबस्तुको बाणगंगा नगरपालिका बडा नम्बर ४ ठाकुरापुरकी सोना पौडेलको घाटीँको शल्यक्रिया सफल भएको छ । लामो समयदेखि घाँटीको जटिल समस्यामा रहेकी सोनाको भारतको जयपुरस्थित एक अस्पतालमा बुधबार सफल शल्यक्रिया सफल भएको हो ।
घाटीँमा मासु पलाएपछि बोली समेत हराएकी सोनाको काठमाडौको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा पटक पटक अप्रेशन भएको थियो । नेपालमा सो अप्रेशन सफल हुन नसकेपछि उनलाई उपचारको लागि जयपुर लगिएको सोनाकी आमा गीता पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।
अहिले सोनाको अवस्था सामान्य छ । उहाँकी आमाले भन्नुभयो,‘नानीको अप्रेशन सफल भएको सुनेपछि हामी अत्यन्तै खुसी भएका छौँ । डाक्टरले निको हुन्छ भनेपछि नानीको बोली खुल्नेमा म आशावादी छु भगवानले नानीलाई फेरि आवाज दिनुहुनेछ । उपचारमा सलग्न चिकित्सक भगवान बनेर आउनुभयो ।’
ठाकुरापर टोल विकास समितिका अध्यक्ष हरि पौडेलले यो खबरले गाउँबासी नै खुसी भएको बताउनुभयो । सोनाको घाटीँको अपे्रशनको लागि लाखौँ खर्च भएको पौडेलले बताउनुभयो । ७ बर्षीय सोनामा पटकपटक कोरोना संक्रमण पनि भएको थियो ।
सोनाको समस्याको विषयलाई लिएर मायादेवी अनलाइन तथा रेडियोले विशेष प्राथमिकताका साथ खबर प्रसारण गरी आर्थिक संकलनको लागि सहयोग पनि गरेको थियो ।
प्रतिक्रिया