एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले लिग लिडर एसी मिलानलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।मिलानको मैदानमा फेड्रिको चिसाले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो ।
लको १८ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ६२ औं मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २- १ को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए । जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेको छ । मिलानले १६ खेलमा ३७ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा कायम रहेको छ । तर, युभेन्ट्ससँग पराजित भएसँगै मिलानको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
प्रतिक्रिया