८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

संवाहकले नै संविधान हत्याको बाटो रोजे, हामीले भन्ने रामराम मात्रै होः कमल थापा



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानका संवाहकले नै संविधान हत्याको बाटो रोजेपछि आफ्नो पार्टीले रामराम बाहेक अरु केहि गर्न नसक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले दुई तिहाइ बहुमतले पारित भएको संविधान आज तिनैबाट हत्या हुन खोज्दा आफूहरुले रामराम मात्रै भन्ने बताए ।

उनले लेखेका छन् ‘आफ्ना मूलभूत मान्यताहरू नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको हो।दुईतिहाइ बहुमतबाट पारित भएपछि प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेका हौं।अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन्। यस अवस्थामा हामी राम १ राम १ भन्दा बढी केही भन्न सक्दैनौं।’

उनले संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन् । अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनु नहुने उनको भनाइ छ । दुई तिहाइ जनमतप्राप्त नेकपाले जनतालाई धोका दिएर संसद विघटन गरेको भन्दै उनले यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवधानिक मान्यता भएको उल्लेख गरे ।

प्रकाशित मिति : २२ पुस २०७७ बुधबार ००:००  १ : ५० बजे