काठमाडौं ।
प्रेस काउन्सिल नेपालले मसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा मर्यादित भइ समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम र सरोकारवालालाई अपील गरेको छ । काउन्सिलले बुधबार एक अपील जारी गर्दैसार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु÷गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपील गरेको हो ।
तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु÷गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने भन्दै काउन्सिलले तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी भएको स्मरण गराएको छ ।
काउन्सिलले नेताहरूबाट एकआपसमा लक्षित गर्दै बोलेका नकारात्मक विषयलाई कतिपय सञ्चारमाध्यमले प्राथमिकता दिएको पाइएको भन्दै यसबारे गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
‘समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताहरूबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, काउन्सिलले भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपानै विभाजित हुँदा एकअर्काप्रति आरोप प्रत्यारोपको श्रृंखला चल्दै गर्दा काउन्सिलले पत्रकार आधारसंहिता सम्झाउँदै यस्तो अपील जारी गरेको हो ।
प्रतिक्रिया