दाङ ।
दाङमा एम्बुलेन्सले स्कूटर लाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुर सौडिकुलामा लमही अस्पतालको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक घोराही १० बस्ने ६८ वर्षिय टोपेन्द्र कुमार पोखरेलको मृत्यु भएको हो । पोखरेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।
एम्बुलेन्स तुलसीपुरबाट घोराही आउँदै गरेको र स्कूटर घोराही बाट नारायणपुर बजार तर्फ जाँदै गर्दा ठोक्किएको हो । एम्बुलेन्स चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन भने एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालय को नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया