८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रधानमन्त्री ओली मनपरी चल्दा पार्टी फुटको दिशामा पुग्योः मन्त्री बराल



मायादेवी अनलाइन, चन्द्रौटा ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्रीको मनपरी प्रवृत्तीका कारण पार्टी फुटको दिशामा पुगेको बताउनुभएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलबार आयोजित अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको जनमतलाई कुल्चिएर प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेको कारण जनताले फेरी आन्दोलन गर्नु पर्ने समय आएको बताउनुभयो । यसले पार्टी भित्र ओली मनपरी ढंगले अगाडी बढेको देखिएको बताउनुभयो ।

ओलीले सरकारलाई पार्टी भित्रैबाट काम गर्न दिइएन भन्ने झुटको खेती गर्दै आइरहेको मन्त्री बरालले बताउनुभयो । आफै पार्टीको अध्यक्ष, आफै प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, फेरि मैले काम गर्न पाइन भनेर हल्ला पिट्नु गलत रहेको टिप्पणी गर्नुभयो ।

अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले ओलीले आफ्नै मनमौजी तरिकाले जनमतलाई लत्याएको बताउनुभयो । सस्तो लोकप्रियताका लागि पार्टीले काम गर्न दिएन भन्दै हिडेको जनाउनुभयो । ओलीले आफुमाथी लागेको राजनीतिक आरोपको सफाइ गर्न डराएर संसद विघटन तर्फको कदम बढाएको नेता न्यौपानेले बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सरकारले संसद विघटन गरेर असंबैधानिक कदम चालेको भन्दै सबैले यसको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । ५ बर्ष सरकारको नेतृत्व गर्न जनताले नेकपालाई पठाएपनि प्रधानमन्त्री ओलीको व्यक्तिगत लहड र सनकको भरमा संसद विघटन भएको जिकिर गर्नुभयो । यो कदम कुनै पनि हिसाबले संबैधानिक नभएको भन्दै सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेरै छाड्ने दाबी गर्नुभयो ।

Image may contain: 10 people, including Dinesh Magar, people sitting

नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य अब्दुल रउफ, प्रदेश कमिटी सदस्य क्षेत्र बहादुर खत्री, नेकपा युवा नेता कमल भट्टराई, अनेमसंघ केन्द्रिय सदस्य सचिवालय सदस्य सन्तोषि पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

नेकपा जिल्ला सल्लाहकार परिषद सदस्य ओमप्रकाश कुर्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेकपा नगर कमिटी सचिवालय सदस्य चिन्ता परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७७ बुधबार ००:००  ६ : ०४ बजे