चितवन ।
पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुुर महानगर कमिटीले सोमबार यहाँ आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले भने, ‘‘प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएकोजस्तो छ ।’’
नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उनलाई आग्रह गरे ।
नेकपा नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानुनविपरीत भएको बताउँदै यसलाई कानुनले नै सच्याउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोलेका थिए । रासस
प्रतिक्रिया