८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाका कारण बन्द हाटबजार गुल्मीमा खुले



गुल्मी ।
कोरोना महामारीका कारण बन्द रहेको रेसुंगा नगरपालिकाद्वारा संचालित हाट बजार संचालनमा आएको छ । महामारीमा हाट बजार संचालन गर्दा भीडभाड हुने र संक्रमण फैलिनसक्ने भन्दै हाट बजार बन्द गरिएको थियो ।

अहिले स्वास्थ्य मापदण्डलाई पालना गर्दै हाटबजार संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिए ।

नगरपालिकाले कृषकले उत्पादन गरेका तरकारीलाई खेत बारीमै गई खरिद गरिदिने गरेको छ । हाटबजारमा ताजा तरकारी सस्तो मूल्यमा पाइने गरेको स्थानीयहरूले बताएका छन् ।

कृषकको खेत बारीमै गएर तरकारी खरिद गरिदिँदा कृषकहरू विचौलियाको मारमा पर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाले जनाएको छ ।

यता जिल्लाको मालिका गाउँपालिकाले पनि पालिकाभित्र घुम्ती हाटबजार संचालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई घुम्ती हाटबजारको माध्यमबाट बिक्री बितरण गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

कृषकहरूलाई व्यवसायिक बनाउनका लागि र किनेर खानुपर्छ भन्ने धारण बनाउनका लागि घुम्ती हाटबजार संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७ शनिबार ००:००  ४ : ३२ बजे