मायादेवी अनलाइन, चार नम्बर ।
जनता समाजबादी पार्टी (जसपा)ले शुक्रबार कपिलवस्तुका १० वटै पालिकामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेपछि चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले शुक्रबार जिल्लाब्यापी प्रदर्शन गरेको हो ।
यसैक्रममा बाणगंगा नगरपालिकामा पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । केहीछिन मसाल जुलुस निकालेका जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन पछि चार नम्बर चोकमा कोण सभा गरेका थिए ।
कोण सभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताएका छन् । केन्द्रिय सदस्य नारायण खनालले ओलीको असंवैधानिक कदमलाई सबै मिली परास्त गर्नुको विकल्प नरहेको बताउनु भयो ।
विधिको शाषनलाई कुल्चनेहरु परास्त भएको इतिहासको स्मरण गर्दै उहाँले भन्नुभयो,- ‘जर्मन शाषक हिटलर पनि केपी ओलीकै पाराका कारण च्यूत हुनपर्यो । संसारका मै हुँ भन्ने शाषकहरु यसैगरी च्यूत भएका छन् । केपी ओली पनि अब त्यसैगरी बढारिन्छन् । त्यसको लागि जसपाले आन्दोलनको अगुवाई गर्दछ ।’ विघटित संसद कुनै हालतमा ब्यूँतने भन्दै उहाँले यसको लागि सबैले दबाब सिर्जना गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व सांसद राम लौटन तिवारी, लुम्बिनी प्रदेशका उपाध्यक्ष अब्दुल रसिद, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतले बोल्दै यो देश राष्ट्रपति केपी शर्मा ओली र प्रधानमन्त्री ओलीको मात्रै विर्ता नभएको बताउनु भएको थियो । जसपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध गरेका थिए । जसपाले कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभूमि, यशोधरा, शुद्धोधन पालिकामा पनि प्रदर्शन गरेका थिए ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले पुष ११ र १२ गते पनि जिल्लाका विभिन्न स्थानमा मलाश जुलुस सँगै जनप्रर्दशन गर्ने जनाएको छ ।
प्रतिक्रिया