काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको सांसद सालिकराम जमरकट्टेलले सेतोपाटीलाई जानकारी दिए।
उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्। अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन्।मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका छन्।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो।
नेकपा ओली पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा बाँडिएपछि मुख्यमन्त्री पौडेल अल्पमतमा परेका थिए।
प्रतिक्रिया