८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

संवाद केन्द्रको सकारात्मक प्रभाव किशोर किशोरीमाः जनप्रतिनिधिसंग आफ्ना समस्या खुलेरै राख्न सके



दीपा महत, वाणगंगा ।
कपिलवस्तुका किशोर किशोरीहरुले प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधीहरु बीच विभिन्न सवालहरु राखेका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रले विहीबार आयोजना गरेको किशोरकिशोरीका चुनौती एवम् सवाल सम्बोधनका लागि प्रदेश सांसदसगंको एक दिने अन्तरक्रियामा उनीहरुले प्रदेश सांसद तथा मेयरसंग विभिन्न सवाल राखेका हुन् ।

अन्तरक्रियामा किशोर किशोरीहरुले आफुहरुका समस्या तथा चुनौती र सम्भावनाबारे लुम्बिनी प्रदेशका सांसद रिना नेपाललाई प्रश्न राखेका थिए । साथै उनीहरुले सिद्धार्थ सामाजिक विकास कन्द्रले संचालन गरेको संबाद कार्यक्रमले धेरैमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संबाद केन्द्रकी किशोरी मायरा निशाले संबाद केन्द्रले आफ्नो आत्मविश्वास बढाएको बताउनुभयो । यस भन्दा पहिले धेरै मान्छेको अगाडि बोल्न नसक्ने बताउँदै अहिले प्रदेश सांसदलाई प्रश्न गर्न सक्ने भएको बताउनुभयो । यसको श्रेय संबाद केन्द्रलाई जाने निशाले बताउनुभयो । साथै उहाँले मुस्लीम समुदायमा देखिएका विभिन्न समस्याहरु सांसद िनेपाल तथा वाणगंगाका मेयर मंगल प्रसाद थारु समक्ष राख्नुभएको थियो ।

यस्तै सोही कार्यक्रममा बोल्दै संबाद केन्द्रकै किशोरी अर्चना आचार्यले घरभित्रै सिमित धेरै किशोरीहरुमा संबाद केन्द्रले धेरै परिवर्तन ल्याएको बताउनुभयो । संबादले किशोरकिशोरी मात्र नभई अभिभावकहरुलाई पनि सचेत बनाएको बताउनुभयो ।

यस्तै संबाद केन्द्रकै किशोर राजकुमार थारुले संबाद कार्यक्रम पछि आफुहरुले समाजका विकृति तथा कुरिती बिरुद्ध विभिन्न कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि सामाजिक रुपान्तरणका लागि कार्यक्रम गर्दै जाने बताउनुभयो ।

अन्तरकृयामा संबादका अन्य किशोर किशोरीहरुले पनि संबादले ल्याएको सकारात्मक परिवर्तन, किशोर किशोरीका लागि प्रदेश तथा स्थानीय सरकारले ल्याएका कार्यक्रमहरुबारे जिज्ञासा राखेका थिए भने । सहभागी सम्पूर्ण किशोर किशोरीका सवाल तथा जिज्ञासाहरुको सांसद नेपाल र मेयर थारुले जवाफ दिनुभएको थियो ।

सहभागीको प्रश्नको जवाफ दिदै सांसद नेपालले विभिन्न चुनौतीको सामना गर्दै अगाडी बढ्न सुझाव दिनुभयो । उहाँले चुनौतीहरुलाई अवसरको रुपमा लिनुपर्ने भन्दै सिद्धार्थ सामाजिक विकास केन्द्रले संचालन गरेका कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउनुभयो । सांसद हुनुपूर्व आफुले पनि संबाद केन्द्रमै ५ वर्ष काम गरेको भन्दै अनुभव शेयर गर्नुभएको थियो । साथै उहाँले भौतिक विकासलाई मात्रै विकास भन्न नमिल्ने भन्दै सामाजिक विकासलाई पनि संगसंगै लैजानुपर्ने बताउनुभयो ।

मेयर थारुले किशोर किशोरीहरु खुलेर खुलेर बोल्न सक्ने भएकाले यस्तो परिवर्तन ल्याउन सहयोग गर्ने सिद्धार्थ सामाजिक विकास केन्द्रलाई धन्यवाद दिनुभयो । पछिल्लो समय उमेर नपुग्दै किशोर किशोरीले आफुखुसी विवाह गर्ने गरेको भन्दै यसतर्फ ध्यान दिन सम्पूर्णलाई आग्रह गर्नुभयो ।

अन्तरक्रियामा सिड्स कार्यक्रमका सिनियर कोर्डिनेटर आर.टि खानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । यस्तै केन्द्रका सचिव रोमकान्त घिमिरेले स्वागत मन्तब्य राख्दै सिद्धार्थ सामाजिक विकास केन्द्रले लुम्बिनी प्रदेशका १सय ९ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरेको बताउनुभयो । सिड्स कार्यक्रमले विभिन्न १५ सय घरधुरीका परिवारलाई उनिहरुको जिविकोपार्जनका लागि काम गरेको बताउनुभयो ।

कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता र इन्दु परियारको संचालनमा सम्पन्न भएको हो ।

No description available.
कार्यक्रममा उपस्थित किशोर किशोरी ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  ८ : ३८ बजे