मायादेवी अनलाइन, वाणगंगा ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले शुक्रबार कपिलवस्तुका १० वटै स्थानीय तहका मुख्य केन्द्रहरुमा बिरोध सभा सँगै प्रर्दशनको घोषणा गरेको छ ।
प्रतिनिधि सभा विघठनको विषयलाई लिएर जसपा कपिलवस्तुले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार बुधबार जिल्लामा विरोध प्रर्दशनसँगै ¥याली निकालेको थियो । सोही कार्यक्रम अन्र्तगत आज जिल्लाभरका स्थानीय तहका मुख्य केन्द्रमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
जसपा कपिलवस्तुले विरोध कार्यक्रमका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी पनि बाँडफाँड गरेको जनाएको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा नेता सहसराम यादवले नेतृत्व गर्ने जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो ।
त्यस्तै शुद्धोधन गाउँपालिकामा निशार अहमद खाँ, कमलेश शरण चौधरी, मायादेवी गाउँपालिकामा बजरंगी चौधारी, गीता तिवारी, शिवराज नगरपालिकामा रविदत्त मिश्रा, तौफिक मुसलमान लगाएतका नेताहरुले बिरोध सभाको नेतृत्व गर्ने पनि यादवले बताउनुभयो ।
त्यस्तै विजयनगर गाउँपालिकामा रामप्रकाश चौधरी, कृष्णनगर नगरपालिकामा मंगलप्रसाद गुप्ता, महाराजगंञ्ज नगरपालिकामा ओमकारनाथ शुक्ला, यशोधरा गाउँपालिकामा रामलखन जयसवाल बुद्धभूमि नगरपालिकामा विष्णुहरी शर्मा, सन्दिप पाण्डेय र वाणगंगा नगरपालिकामा दानबहादुर चौधरी, नारायण खनाल, चोपलाल राहुल लगाएतका नेताहरुले विरोध सभाको नेतृत्व गर्ने जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले जानकारी दिएको छ ।
यसैबीच जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले पुष ११ र १२ गते पनि जिल्लाका विभिन्न स्थानमा मलाश जुलुस सँगै जनप्रर्दशन गर्ने पनि जनाएको छ । प्रतिनिधि सभाको विघठन असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै जसपाले देशभर विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया