मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपा विभाजनको असर तल्लो तहसम्म पुगेको छ । जिल्ला जिल्लामा नेकपा कार्यकर्ता अहिले आफ्नो समूहका लागि पार्टी कार्यालय कब्जा गर्ने होडमा छन् । ७७ मध्ये तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीको भागमा ३३ जिल्लाको नेतृत्व परेको थियो ।
यस्तै, लुम्बिनी प्रदेशका १२ अध्यक्षमध्ये पाँच जना ओली पक्षमा खुलेका छन् भने सात जना प्रचण्ड-माधव पक्षमा खुलेका छन् ।
यस्तो छ अवस्था :
रोल्पा : सुरेन्द्र घर्ती, प्रचण्ड-माधव समूह
रुकुम : (पूर्व) मेघबहादुर श्रेष्ठ, प्रचण्ड-माधव समूह
प्यूठान : तुलसीराम शर्मा, प्रचण्ड- माधव समूह
अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह
गुल्मी : मधुकृष्ण पन्त, ओली समूह
पाल्पा : नारायण आचार्य, ओली समूह
नवलपरासी : (पश्चिम) भविश्वर तिवारी, प्रचण्ड-माधव समूह
रुपन्देही : शिवराज सुवेदी, ओली समूह
कपिलवस्तु : झविलाल पोख्रेल, ओली समूह
दाङ : टीकाराम खड्का, प्रचण्ड-माधव समूह
बाँके : आईपी खरेल, प्रचण्ड-माधव समूह
बर्दिया : भवनकुमार थारु, प्रचण्ड- माधव समूह
प्रतिक्रिया